प्रदेश २ का राज्यमन्त्री सवार गाडी दुर्घटना
२२ पुस, रौतहट । प्रदेश २ का राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार भएकी ज१झ ४०६ नम्बरको गाडी बुधबार साँझ अचानक अनियन्त्रित भई सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ स्थित विष्णुपुर चोकमा दुर्घटना भएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा परेर गाडी चालक सप्तरीको शम्भुनाथ नगरपालिका ६ का २५ वर्षीय विवेक मण्डल, खडक नगरपालिका ६ का ४० वर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ का ४५ वर्षीय प्रथमलाल राम, राजविराज नगरपालिकाका ३० वर्षीय ध्रुव मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएका उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घाइते उनीहरुको अवस्थामा समान्य रहेको प्रहरीले जनाएको छ ।






