शीतलहरका कारण सिरहामा वृद्धाको मृत्यु

   २२ पुष २०७८, बिहीबार ११:२३  

२२ पुस, सिरहा । शीतलहरका कारण सिरहाको कल्याणपुर नगरपालिका १ की ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको छ ।

करिब एकसाता देखि अत्याधिक चिसो बढेसंगै पश्चिमी हावा निरन्तर चलिरहेको कारण कठ्याङ्ग्रिएर बुधबार साँझ सदाको मृत्यु भएको हो । हिजो कठ्याङ्ग्रिएर बेहोस भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममै मृत्यु भएको थियो ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएको छ ।