शितलहरका कारण सप्तरीमा एक वृद्धको मृत्यु

   २१ पुष २०७८, बुधबार १०:४९  

२१ पुस, सप्तरी । शितलहरका कारण सप्तरीको महादेवा गाउँपालिका वडा ४ मा एक वृद्धको मृत्यु भएको छ ।

स्थानीय ६५ वर्षीय देवनारायण ठाकुरको शितलहरका कारण सोमबार बिहान ज्यान गएको हो । आइतबार राति खाना खाएर सुतेका उनी बिहान अबेरसम्म नउठेपछि परिजनले देख्न जाँद यादव मृत अवस्थामा फेला परेका थिए ।

गाउँपालिकाकी उपाध्यक्ष ममताकुमारी यादवका अनुसार उनी कठ्यांग्रीएको अवस्थामा मृत फेला परेका थिए । गत एक सातादेखि बढेको शितलहरको कारण जनजिवन प्रभावित भई विपन्न वर्गको जनजीवन कष्टकर हुन पुगेको छ ।