कोरोना कारण सिंहदरबार प्रवेशमा कडाइ

   २१ श्रावण २०७७, बुधबार १४:४४  

साउन २१, रौतहट । कोरोना भाईरसका कारण सरकारी कर्मचारी बाहेक कुनैलाई पनि सिंहदरबारमा प्रवेशमा कडाइ गरिएको छ ।

कोरोना भाईरसको भेटघाटका नाममा हुने प्रवेशले पनि संक्रमणको जोखिम बढेको भन्दै गृहमन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि सिंहदरबारभित्र हुने भेटघाटमा रोकलगाई प्रवेशमा कडाइ गरेको जनाइएको छ ।

मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार सरकारी कर्मचारी र सरकारी काममा जानेहरुले मात्रै सिंहदरबारभित्र प्रवेश पाउनेछ् । राजनीतिकलगायतका भेटघाट प्रयोजनका लागि पास दिइने छैन ।

पत्रकारले पनि कहाँ कसलाई भेट्ने हो भन्ने स्पष्ट गरेपछि मात्रै प्रवेश पाउने उनले जानकारी दिए । ‘अनावश्यक भेटघाटले कोरोना भाइरसको जोखिम बढेको आंकलन गरेर केही कडाइ गरिएको एक अधिकारीले बताए ।