नेपालमा थपिए ३९३ संक्रमित
२० पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ३ सय ९३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, बितेको २४ घण्टामा थप २ सय ६३ जना कोरोना संक्रमणमुक्त भएको छन् । योसंगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या ८ लाख १२ हजार ९३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाका कारण ११ हजार ६ सय १ जनाले ज्यान गुमाइसकेका छन् ।
यस्तै देशभर सक्रिय संक्रमित ५ हजार ९४ जना रहेका छन् ।






