महोत्तरीमा एक जनाको शव फेला

   २० पुष २०७८, मंगलवार १४:१९  

२० पुस, महोत्तरी । महोत्तरीमा एक जनाको शव फेला परेको छ ।

जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ का ५४ वर्षीय विजयकुमार यादवको शव आज बिहान पोखरीमा मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

गत आइतबारदेखि बेपत्ता भएका यादवको शव आज पोखरीमा देखेपछि, स्थानीयले प्रहरीमा खबर गरेका थिए । पोखरीमा डुबेको अवस्थामा शव भेटिएको खबर पाए लगत्तै घटनास्थलमा प्रहरीको टोली पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।