म सानो ठूलो कुनै पनि गुटमा लाग्दिनँ ः बामदेव गौतम

   २१ श्रावण २०७७, बुधबार १४:०४  

साउन २१, रौतहट । मंगलबारकोे नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू कुनै पनि पार्टीको गुटमा नलाग्ने बताएका छन्।

मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले आफू कुनै सानो ठूलो गुटमा नलाग्ने बताएका उनका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन ।

‘के प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो । उपाध्यक्ष का वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष का प्रचण्डलाई बिदा गर्नुभयो’ सुवेदीले गौतमको तर्फबाट स्पष्टिकरण दिँदै फेसबुकमा लेखेका छन ।

गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका सुवेदीले उल्लेख गरेका छन ।

साउन १३ गते गौतमले ‘पार्टी विग्रह तत्ल रोक्न’ भन्दै ६ बुँदे प्रस्ताव राखेका थिए । त्यसअघि नेकपामा प्रचण्ड( माधव नेपाल समूहमा रहेका भनिएका गौतम उक्त प्रस्तावसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूहमा पुगेको चर्चा भएको छ ।