जिप दुर्घटनामा परेर ५ जना घाइते

   १९ पुष २०७८, सोमबार १४:२५  

१९ पुस, रौतहट । पाल्पामा आज बिहान भएको जिप दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

हेक्लाङबाट तानसेनतर्फ जाँदै गरेको लु१ज २६०७ नम्बरको जिप अचानक अनियन्त्रित भई दुर्घटना हुँदा पूर्वखोला गाउँपालिका ६ हेक्लाङका ३० वर्षीय टेकबहादुर पल्ली, २८ वर्षीय पूर्णबहादुर फाल, १९ वर्षीय चिरञ्जीवी सारु, २९ वर्षीय प्रेम सिञ्जाली र ४६ वर्षीया पविसरा सारु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पूर्णबहादुर र चिरञ्जीवीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते सबैको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

दुर्घटनास्थल पूर्वखोला गाउँपालिका ६ लाँकुरीस्थित सेर्काबास(हेक्लाङभित्रको कच्ची सडकखण्ड हो । जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।