थप २१६ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
१८ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १६ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५ हजार ९ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ सय १३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, यो अवधिमा १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।
त्यसैगरी, बितेको २४ घण्टामा थप २०९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । हाल नेपालमा ४ हजार ९ सय ७१ कोरोना संक्रमित उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






