अवैध रकमसहित विमानस्थलबाट महिला पक्राउ

   १८ पुष २०७८, आईतवार १३:४०  

१८ पुस, रौतहट । अवैध रकमसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित विराटनगरबाट काठमाडौँ आएकी सिनामंगल बस्ने विराटनगर उपमहानगरपालिका ४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

एयरलाईन्सका स्टेसन ईन्चार्जले सुरक्षा जाँच नगरी झोला राखेको भन्ने गोप्य सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरणबाट खटिएको प्रहरीले उनले बोकेको झोला चेकजाँच गर्ने क्रममा ५० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

विमानस्थलबाट शनिबार दिउँसो रकमसहित पक्राउ परेकी ती महिला सौर्य एयरलाईन्समा एसिसटेन्टमा कार्यरत हुन् । अवैध रकमसहित पक्राउ परेकी उनलाई आवश्यक कार्यवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।