शव बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ८ घाइते

   १८ पुष २०७८, आईतवार १२:०९  

१८ पुस, बुटवल । शव बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

आज बिहान बुटवलबाट शव लिएर गुल्मीको रिडीतर्फ जादैँ गरेको लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना भएको छ । दुर्घटनाको खबर पाए लगत्तै घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।

दुर्घटनामा परेर ८ जना घाइते भएका छन् ।घाइतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।