लागूऔषधसहित एक जना पक्राउ

   १७ पुष २०७८, शनिबार १३:२१  

१७ पुस, कञ्चनपुर । भारतबाट ल्याएको लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

नेपाल-भारत सीमास्थित डोकेबजारमा स्थापना गरेको चेक प्वाइन्टबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका ६ जाईका १९ वर्षीय प्रेम ऐरलाई हिरासतमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीले जनाएको छ ।

शंकास्पद अवस्थामा उनलाई रोकी चेकजाँच गर्ने क्रममा निजले बोकेका झोलाबाट ७८ ग्राम खैरो हिरोइन, ४ ट्यावलेट नाईट्रोभेट, दुुई वटा मोबाइल, तीन वटा घडी, २ हजार ७ सय भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धानका लागि निजलाई इलाका प्रहरी कार्यालय त्रिभुुवन बस्तीमा पठाइएको छ ।