छतबाट खसेर भक्तपुरमा किशोरीको मृत्यु

   १६ पुष २०७८, शुक्रबार १२:१२  

१६ पुस, भक्तपुर । छतबाट खसेर भक्तपुरमा एक किशोरीको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकका हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार आज बिहान करिब ६ः१५ बजेतिर छतबाट खसेर उनी घाइते अवस्थामा फेला परेकी थिइन् ।

सुनेना लडेर गम्भीर घाइते भएको अवस्थामा बुवाले देखेपछि उनलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा ६:३० बजेतिर किशोरीको मृत्यु भएको पाण्डेले जनाए । किशोरी रातिकै समयमा खसेको हुनुपर्ने प्रहरीले अनुमान गरेको छ । सुनेना ९ कक्षामा अध्ययनरत थिइन् ।

घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।