मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते
१६ पुस, रौतहट । कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जिल्लाको बेलौरी नगरपालिका ५ मा दुईओटा मोटरसाइकल एक्आपसमा ठोक्किदा कृष्णपुर नगरपालिका २ का १९ वर्षीय बिमल रानाको मृयु भएको प्रहरीले जनाएको छ ।
रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल बिहीबार गएराति १०ः३० बजेतिर आपसमा ठोक्किएका ३७२६ नम्बरको मोटरसाइकल चालक राना गम्भीर घाइते भएका थिए ।
घाइते रानालाई उपचारका लागि इसान मेमोरियल अस्पताल बेलौरीमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा परेर सामान्य घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






