रौतहटमा एक जनाको शव फेला
१५ पुस, रौतहट । रौतहटमा सडेको अवस्थामा आज एक जनाको शव फेला परेको छ ।
जिल्लाको फतुवा विजयनगर नगरपालिका ६ मा कुलोमा डुबेर सडेको अवस्थामा आज सोही नगरपालिका ५ सन्तपुर दोस्तियाका ४० वर्षीय मिरहसन अन्सारीको शव भेटिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर बिष्णु विश्वकर्माले जानकारी दिए ।
कुलोमा डुबेर अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ । चार दिनदेखि बेपत्ता भएका अन्सारीको शव कुलोमा सडेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय विजयपुरबाट खटिएको टोलीले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।
विश्वकर्माका अनुसार मृतकमा मादकपदार्थ सेवन गर्ने लत रहेको स्थानीयले बताएका छन् । मदिरा सेवन गरि रातिको समयमा लडेर कुलोमा खस्दाँ उनको मृत्यु हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






