राजा विरेन्द्रको ७६ औं जन्मजयन्ती आज मनाइदैँ
१४ पुस, रौतहट । आज स्वर्गीय राजा विरेन्द्र शाहको ७६ औं जन्मजयन्तीको अवसरमा विशेष पूजाको आयोजना गरिएको छ ।
आज स्वर्गीय राजा बीरेन्द्रको सम्झनामा राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरिएको स्रोतले जनाएको छ ।
बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट २००२ साल पुस १४ गते जन्मेका वीरेन्द्र साहको आज ७६ औँ जन्मजयन्ती मनाईदैँ छ । २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गरेका थिए ।
देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा समेत चिनिन्छ । नेपालको लागि इतिहासकै कालो दिन मानिने २०५८ जेठ १९ गते हो ।
२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो । तत्कालीन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्डको रहस्य अझै थाहा हुन पाएको छैइन् ।
नारायणहिटी भित्र नै विरेन्द्रको सामूहिक वंशनाशलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन् ।






