मोटरसाइकल दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु

   १४ पुष २०७८, बुधबार १३:०४  

१४ पुस, झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको दमक नगरपालिका २ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेर खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल विक, ताप्लेजुङ भुइखोला ३ का १९ वर्षीय अनिल लामगादे र चितवन राप्ती ४ का १९ वर्षीय किसन सेन्चुरीको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार गएराति प्र १–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार मृतक तीनैजना दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।