एमाले पार्टी कार्यालय जुम्लामा वृद्धको शव फेला
१३ पुस, रौतहट । नेकपा एमाले जुम्लाको पार्टी कार्यालयमा एक वृद्धको शव फेला परेको छ ।
चन्दननाथ नगरपालिका १ मा बस्दै आएका कुलाल सडकमा मागी खादैँ गरेका ५६ वर्षीय सेतो कुलालको शव आज एमाले पार्टी कार्यालय जुम्लामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको शव एमालेको निर्माणाधिन कार्यालयमा फेला परेको हो । मृतक सेतो कुलालको अनुहारमा चोट देखिएको छ ।
यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






