व्यवसायीको मृत्यु हुँदा सर्लाहीको बजार आज पनि बन्द
१३ पुस, सर्लाही । प्रहरीको भ्यानले ठक्कर दिदाँ सर्लाहीमा सोमबार एक व्यवसायीको मृत्यु हुँदा बयलवास बजार आज पनि बन्द गरिएको छ ।
हिजो भ्यानले ठक्कर दिदाँ ईश्वरपुर नगरपालिका ५ बस्ने रामकुमार महतोको मृत्यु भएको थियो । भ्यानले ठक्कर दिएर व्यवसायीको मृत्यु भएपछि प्रहरीले घटना ढाकछोप गरेको भन्दै उद्योग वाणिज्य संघ सर्लाहीले आज पनि बजार बन्द गराएको हो ।
स्थानीयबासिन्दाले घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गर्दे ईलाका प्रहरी कार्यालय ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन समेत गरिरहेका छन् ।
फेन्सी पसल संचालन गर्दै आएका रामकुमारलाई प्रहरीको भ्यानले पसल बन्द गरेर मामाघर चन्द्रनगर तर्फ जाने क्रममा ठक्कर दिएको थियो ।






