उखुको मूल्य निर्धारण बिनानै चिनी मिल चलाउने तयारी
१३ पुस, रौतहट । उखुको मूल्य निर्धारण बिनानै पुस १५ गते (बिहीबार)देखि चिनी उत्पादन गर्ने तयारीमा मिल सञ्चालकहरु छन् ।
उखुको बिक्री मूल्य नतोकिँदै मिलहरुले उखु क्रसिङ्का धमाधम पुर्जी वितरण गर्ने थालेको छ । उखु पेलेर चिनी उत्पादन गर्ने मिल चलाउन तोकिएको मिति दुई दिन मात्रै बाँकी रहेको तर, सरकारले मिलका लागि चाहिने उखुको न्यूनतम् बिक्री मूल्य अझै पनि तोक्न सकेको छैन ।
किसानलाई सस्तो मूल्यमा उखु बिक्री गर्न बाध्य पार्ने गरी सरकारले अन्तिम घडीमा मूल्य तोक्न लागेका जसका कारण उखु किसानहरु चिन्तित बनेका छन् । किसानले आफ्नो लागतअनुसार माग गरेको भन्दा प्रतिक्वीन्टलमा १२६ रुपैयाँ कममा मूल्य सरकारले तोकेको भन्दैँ सो मूल्य नमान्ने निर्णय महासंघले गरेको अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।
बिहीबारदेखि चिनी मिल संचालनमा ल्याउँने १० वटा मिल तयारीमा रहेको छ । देशभरका विभिन्न जिल्लामा रहेका कुल १३ मध्ये यो वर्ष १० वटा चिनी मिलले उखु क्रसिङ गरेको संघका उपाध्यक्ष राजकुमार अग्रवालले जनाए ।
किसानको उखुको मूल्य निर्धारण नहुँदै मिल सञ्चालक पनि समस्यामा परेको छन् ।






