चरेससहित २ जना पक्राउ

   १३ पुष २०७८, मंगलवार १०:४६  

१३ पुस, कैलाली । कैलालीबाट १६ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको बुङगल नगरपालिका ११ बस्ने २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमीलाल बोहरा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा आइतबार राति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले चुरे गाउँपालिकाको खानीडाँडाबाट उक्त चरेससहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

बझाङबाट धनगढितर्फ आइरहेको से१ज ७१८ को जिपको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।