थप २७१ जनामा कोरोना पुष्टि, एकको मृत्यु

   १२ पुष २०७८, सोमबार १६:३५  

१२ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १० हजार ८ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ सय ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ भने २० जनामा एन्टिजेन संक्रमण देखिएको छ ।

यस्तै, यो अवधिमा थप २ सय २५ जना कोरोनामुक्त भएका छन् । यससहित हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ८ लाख ११ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण बितेको २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार ९ सय ३१ कोरोना संक्रमित उपचाररत छन् ।