आफ्नै श्रीमती हत्या आरोपमा एक जना पक्राउ

   १२ पुष २०७८, सोमबार १४:४८  

१२ पुस, रौतहट । आफ्नै श्रीमतीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ ईम्बुङ बस्ने इन्द्रबहादुर नेम्बाङलाई हत्या अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सामान्य विवाद हुँदा शुक्रबार दिउँसो नेम्बाङले आफ्नै ४५ वर्षीय श्रीमती जीवन कुमारी नेम्बाङको टाउकोमा लोहोरोले प्रहार गरेका थिए । लोहोरोको प्रहारबाट गम्भीर घाइते भएकी जीवन कुमारीलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याएपनि आइतबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरी टोलीले आरोपी नेम्बाङलाई हिजो साँझ नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको छ ।