सुनको मूल्य वृद्धि, चाँदीको भाउ कति
journey fortech
१२ पुष २०७८, सोमबार १२:५९
१२ पुस, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ सय रुपैयाँ बढ्दैँ छापावाल सुनको भाउ ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, आज सुनको मूल्य वृद्धि भएपनि चाँदीको भाउ घटेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर सोमबार प्रतितोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






