सन्तपुरस्थित नमुना बस्तिका बालबालिका न्यानो कपडा सहयोग
१२ पुस, रौतहट । रौतहको सन्तपुरस्थित एकीकृत नमुना मुसहर बस्तिका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरिएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले चन्द्रपुर नगरपालिका ८ सन्तपुरमा २०७४ सालमा निमार्ण गरेको एकीकृत नमुना मुसहर बस्तिका ४ देखि ५ बर्ष उमेर समूहका ३१ जना बालबालिकाहरुलाई रौतहट काठमाडौँ सेवा समाजले सामबार बिहान टोपी, ट्याकसुट लगाएत जाडोमा लगाउन कपडा सहयोग गरेको हो ।
समाजका महासचिव बिजय अधिकारीले आज बिहान बस्ती पुगेर न्यानो कपडा सहयोग गरेको नमुना बस्तिका अध्यक्ष सत्य नारायण माझीले जानकारी दिए ।
धुर्मुस सुन्तली फाउन्डेसनले नमुनाबस्ति निर्माण गरेपछि बाँस बस्ने घर भएपनि रोजगारी नहुदाँ उनीहरुको गरिबी अझै त्यतिकै छ ।
अधिकांश मजदुरी गरेर जीवनयापन गरेपनि काम नभएको बेला छाक टार्न समेत उनीहरुलाई गाह्रो भएको माझीले जनाए ।






