सप्तरीमा महिलाको शव फेला

   १२ पुष २०७८, सोमबार ११:१५  

१२ पुस, रौतहट । सप्तरीमा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ की ५० वर्षीय भुटनीदेवी यादव आइतबार साँझदेखि बेपत्ता भएकी भएकी थिइन् । हिजो साँझदेखि बेपत्ता भएकी उनी गएरातिसम्म घर नफर्किपछि उनका आफन्तहरुले खोजी सुरु गरेको थियो ।

खोजी गर्ने क्रममा आज बिहान भुटनीदेवीको शव मृत अवस्थामा भेटिएको सप्तरीका प्रहरी प्रवक्ता तथा डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार उनको टाउकोमा बियरको बोतल प्रहार गरी हत्या भएको देखिएको छ ।

ती महिलाको हत्या भएको आशंकाले गर्दा घटनाबारे अनुसन्धानका लागि जनकपुरबाट कुकुरसहितको विशेष टोली मगाइएको प्रहरीले जनाएको छ ।