सोमबार नारायणी अस्पतालमा मृत्य भएकी किशोरीमा कोरोना संक्रमण पुष्टी

   २१ श्रावण २०७७, बुधबार ११:१२  

साउन २१, रौतहत । पर्सामा सोमबार नारायणी अस्पतालमा मृत्यु भएको एक किशोरीमा कोरोनाभाइरस (कोभिड १९)का संक्रमण पुष्टी भएको छ । पोखरिया नगरपालीका वडा नं. ९ की एक १८ वर्षीय किशोरीको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमवार अस्पतालमा ल्याउँने क्रममा किशोरीको मृत्यु भएपछि, स्वावको नमूना संकलन गरेर नारायणी अस्पतालको पिसीआर ल्यावमा पठाईएको थियो । मङ्गलबार राति रिपोर्ट आउँदा किशोरीमा कोरोना भाईरस (कोभिड १९)का संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

‘सोमबार राति किशोरीले अचानक पटक(पटक बान्ता गर्नथालेपछि किशोरीलाई उपचारकालागि नेसनल मेडिकल कलेज लाग्ने क्रममा मृत्यु भएको थियो, ‘किशोरीको संकास्पद मृत्यु भएपछि, कोरोना परीक्षण गर्न स्वाबको नमूना संकलन गरेर नारायणी अस्पताल पठाइएको गण्डक अस्थायी अस्पतालका ईन्चार्ज उदय नारायण सिंहले बताए । त्यस्तै हिजो राती रिपोर्ट आउँदा मृत्क किशोरीमा कोरोना भाईरस पोजिटिभ देखिएको छ ।’

किशोरीको मृत्युसँगै पर्सामा कोरोना भाईरसका संक्रमण बाट मृत्यु हुनेहरुको संख्य १५ पुगेको छ ।