ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
१२ पुस, रौतहट । सर्लाहीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका ७ केशरीमार्गमा सरकारी नम्बरको ट्रकमा मोटरसाइकल ठोक्किँदा अन्दाजी ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार गएराति करिब ९ बजेतिर ना४३प ५०१८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा सरकारी नम्बरको ट्रकमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएको ती पुरुषलाई उपचारका लागि मलंगवास्थित जिल्ला अस्पतालमा ल्याएपनि उपचारकै क्रममा १०:१५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार मृतकको नाम खुल्लन नसकेको र हाल सनाखत हुन सकेको छैन । घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






