बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका सम्बन्धी दुई दिने तालिम सम्पन्न

   ११ पुष २०७८, आईतवार १६:२०  

११ पुस, रौतहट । बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका सम्बन्धी दुई दिने तालिम गौरमा आइतबार सम्पन्न भएको छ ।

युनएफपीएको सहयोगमा संचारिका समूहद्धारा रौतहटको गौरमा “बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका” विषयमा यही पुस १० गते (शनिबार) देखि सुरु भएको दुई दिने तालिम आज सम्पन्न भएको हो ।

रौतहटको गौरमा आयोजित दुई दिने तालिममा संचारिकाको अध्यक्ष नितु पंडित, अधिवक्ता लक्ष्मी पोखरेलले प्रशिक्षण दिएकी थिइन ।

देशमा शिक्षाको कमी, गरिबी, दाइजो प्रथा, साथै छोरी बोझ हो भन्ने सोचका कारण बालविवाह न्यूनीकरण हुन नसकेको संचारिकाको अध्यक्ष नितु पंडितले बताइन । बालविवाह गर्दा उमेर नपुगेको अवस्थामै महिलामाथि जिम्मेवारीको बोझ दिदा विभिन्न किसिमका समस्याहरु हुने गरेको उनले बताइन ।

बालविवाह समाजिक कुरिती रहेकोले महिलाहरुको मानसिक, शारिरीक, बौद्धिक विकासमा नकारात्मक असर पर्ने हुँदा वालविवाह रोक्ने विषयमा अभिभावकहरु नै सचेत हुनुपर्ने अध्यक्ष नितु पण्डितले बताएकी हुन् । बालविवाह विरुद्ध संचारकर्मीहरुले सचेत भएर आवाज उठाई समाजबाट यस्ता कुरितीहरुलाई अन्त गर्न समेत उनले आग्रह गरिन ।

कानुनले तोकेको (२०) वर्ष उमेर नपुग्दैँ विहेवारी गर्दा बालविवाह ठहर हुने अधिवक्ता लक्ष्मी पोखरेलले बताइन । सरकारले कानून बनाएपनि समाजिक कुरितीका कारण हालसम्म बालविवाहको अन्त हुन नसकेको अधिवक्ता पोखरेलले बताइन् ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले बालविवाह कानुनी अपराध भएपनि सामाजबाट अन्त नभएको भन्दैँ यो कुरिती एकदमै निन्दनिय भएको हुँदा प्रत्येक अभिभावकले यसमा ध्यान दिनुपर्ने बताए ।

संचार क्षेत्रमा कार्यरत रहेका पत्रकारहरुले बालविवाहलाई न्यूनीकरण गर्ने कार्यमा सकारात्मक भूमिका निर्वाह गरे मात्र समाजमा परिवर्तन सम्भव रहेको उनले बताए ।

पुस १० गतेदेखि सुरु भएको दुई दिने तालिममा गौर, गरुडा, कटहरिया, चन्द्रपुर, दुर्गा भगवती गरी रौतहटका २२ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाले बालविवाह कानुनी अपराध भएपनि सामाजबाट अन्त नभएको भन्दैँ यो कुरिती एकदमै निन्दनिय कार्य भएको हुँदा प्रत्येक अभिभावक आ आफना बालबालिकाहरुलाई बालविवाह गर्नबाट जोगिनुपर्ने जनाएका हुन् ।

संचार क्षेत्रमा कार्यरत रहेका पत्रकारहरु बालविवाहलाई न्यूनीकरण गर्नमा खेल्नुपर्ने सकारात्मक भूमिका निर्वाह गर्दा समाजमा अशिक्षाको कारण व्याप्त रहेका यस्ता कुरितीहरुलाई कलमको माध्यमबाट अन्त गरिने जागरुक गराउनु पर्ने अध्यक्ष झाले बताए ।

यस्तै, यही पुस १० गतेदेखि सुरु भएको दुई दिने तालिममा गौर, गरुडा, कटहरिया, चन्द्रपुर, दुर्गा भगवती गरी २२ जना कार्यरत पत्रकारहरुको सहभागिता रहेको संचारिका समुहको महिला नेतृ एवं संचारकर्मी सिमा शर्माले बताएकी हुन् ।