नेपालमा थपिए १६७ संक्रमित, २२६ जना कोरोनामुक्त

   ११ पुष २०७८, आईतवार १५:१७  

११ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४ हजार २ सय ८३ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा २ हजार १ सय ६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा जम्मा १० जनामा एन्टिजेन संक्रमण देखिएको छ ।

त्यसैगरी, विगत २४ घण्टामा थप २ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।