काँग्रेस प्रदेश २ को सभापतिमा यादव निर्वाचित
journey fortech
९ पुष २०७८, शुक्रबार ११:३५
९ पुस, रौतहट । नेपाली काँग्रेस प्रदेश नम्बर २ को सभापतिमा रौतहटका कृष्ण यादव निर्वाचित भएका छन् ।
सभापतिमा शेरबहादुर देउवा समूहका कृष्ण यादव बिमलेन्द्र निधि पक्षका रामसरोज यादवलाई १४१ मतको अन्तरले पराजि गर्दै विजयी भएका छन् ।
काँग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि बिहीबार भएको मतदानमा रौतहटबाट यादव सफल भएका हुन् ।






