नेपालमा थपिए २९३ संक्रमित

   ८ पुष २०७८, बिहीबार १६:१३  

८ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ११ हजार ६ सय २६ जनाको पीसीआर गर्दा २ सय ४१ जनाको कोरोना पिोर्ट पोजेटिभ आएको छ भने ५२ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।

यस्तै, बितेको २४ घण्टामा थप २ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, यो अवधिमा थप २ जनाको कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण मृत्यु भएको छ ।

यस्तै, हाल नेपालमा ५ हजार १ सय ६१ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।