कार्यसमिति चयनका लागि जनकपुरमा मतदान जारी

   ८ पुष २०७८, बिहीबार १२:२८  

८ पुस, रौतहट । नेपाली काँग्रेस प्रदेश नं. २ अधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान सुरु भएको छ ।

बिहाीबार बिहानैदेखि जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा मतदान प्रक्रिया भइरहेको छ । नयाँ नेतृत्व चयन गर्नका लागि विभिन्न ७२ पदमा १७४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ५ जना सदस्य निर्विरोध नर्वाचित भइसकेका हुन् ।

यस्तै, बुधवार नै निर्वाचन हुने तय भएपनि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि समूहबीच झडप भएको कारण हिजो मतदान स्थगित गरिएको थियो ।