कांग्रेसको केन्द्रीय समिति बैठक शनिबार बस्ने

   ८ पुष २०७८, बिहीबार ११:४९  

८ पुस, रौतहट । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते (शनिबार) बस्ने भएको छ ।

काँग्रेसको १४ औँ महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्या सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत मंसिर २४(२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा सफल भएका छन् ।

यस्तै, पौडेलका अनुसार आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी सुरु गरिएको छ ।

आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम पनि हाल सार्वजनिक हुन बाँकी नै रहेको छ ।