सप्तरीबाट दुई भारतीय पक्राउ
७ पुस, रौतहट । सप्तरीबाट प्रतिबन्धित लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित पूर्व(पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा दुई भारतीयलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार सुपौल भिमनगर ग्राम पञ्चायत ४ का ३१ वर्षीय गोलु भन्ने रतन शर्मा र ३५ वर्षीय जयप्रकाश पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरुको साथबाट खैरो हिरोइन २२ ग्राम र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






