हत्या आरोपमा ५ जना पक्राउ
७ पुस, रौतहट । सिरहाबाट प्रहरीले ५ जनालाई हत्या आरोपमा पक्राउ गरेको छ ।
छुरा प्रहार गरी युवकको हत्या गरेको अभियोगमा सिराहाको गोलबजार नगरपालिका वडा नम्बर २ का २२ वर्षीय भुवनप्रसाद महतो, वडा नम्बर ६ का १८ वर्षीय सौकात खान, १९ वर्षीय श्रवण कुमार मण्डल, १९ वर्षीय धर्मेन्द्र यादव र २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीका अनुसार गत शनिबार गएराति करिब ८ः३० बजेतिर गोलबजार नगरपालिका वडा नम्बर ६ मा दुई समूहबीच विवाद भएको थियो ।
विवादको क्रममा दिपक साह लगायतका समूहले छुरा प्रहार गरेपछि वडा नम्बर ६ डोहटियाका २६ वर्षीय रामकुमार सदा र रिकेश सदा घाइते भएका थिए ।
घाइतेहरूलाई भूमिजा अस्पताल गोलबजार ल्याएपनि सो अस्पतालमा उपचार सम्भव नहुँदा थप उपचारका लागि आर।के। मेडिसिटी अस्पताल धनगढी ल्याएपनि उपचारकै क्रममा रामकुमार सदाको मृत्यु भएको थियो ।
पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






