भन्सार छलेर ल्याएको सामान बरामद
७ पुस, रौहतट । अवैध रुपमा ल्याएको सामान विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) रानी बाट खटिएको टोलीले भारतबाट भन्सार छलेर ल्याएको सामान आज बिहान बरामद गरेको छ ।
धाराका टुटीलगायत बाथरुममा प्रयोग हुने विभिन्न किसिमको सामान बुधबार बिहान बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रहरी प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार जोगवनीबाट अवैध रूपमा ल्याएर विराटनगर महानगरपालिका १६ हुलास मेटल चोकस्थित एउटा घरनजिक थोपरेर राखिएको अवस्थामा बेवारिसे अवस्थामा बरामद भएको सामानको मूल्य करिब ५ लाख ७५ हजार रुपैयाँ रहेको छ ।






