श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
७ पुस, रौतहट । संखुवासभामा श्रीमान्को निर्घात कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
संखुवासभाको पाँचखपन नगरपालिका ३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू) को मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य विवाद हुदा विष्णुमायालाई उनका श्रीमान् दिपेन राईले निर्घात कुटपिट गरेका थिए ।
बिष्णुमायाको हत्या गरेको आरोपमा दिपेन राईलाई आज बिहान पक्राउ गरिएको प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
पक्राउ परेका उनीमाथि घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






