ब्राउन सुगरसहित मोरङबाट एक जना पक्राउ
६ पुस, रौतहट । मोरङबाट लागूऔषसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ब्राउन सुगरसहित पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ कसेनीका २६ वर्षीय विक्रम लावती रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा खटिएको टोलीले सोमबार दिउँसो लावतीको घरमा तलासी गर्दा कोठाबाट १५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।
श्रेष्ठका अनुसार ब्राउन सुगर किनबेचमा प्रयोग गरिने मेसिन, मोबाइल र पाँच हजार २५ रूपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






