सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   ६ पुष २०७८, मंगलवार ११:१८  

६ पुस, रौतहट । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ घटेर आज प्रतितोलामा ९३ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तोजावी सुनको भाउ आज तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यसैगरी, प्रतितोलामा १० रुपैयाँले सस्तिँदै आज चाँदीको कारोबार १ हजार २ सय ३५ रुपैयाँमा भइरहेको छ ।