हत्या आरोपमा श्रीमान् पक्राउ
५ पुस, रौतहट । हत्या आरोपमा फरार प्रतिवादी पक्राउ परेका छन् ।
आफ्नै श्रीमतीको हत्या गरेर फरार भएको भोजपुर घर भएका २५ वर्षीय जीवन राईलाई पक्राउ गरिएको भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले घरमै लुकाई बसेको अवस्थामा राईलाई नियन्त्रणमा लिएको छ । राई भक्तपुर सूर्य विनायक नगरपालिका वडा नम्बर ५ स्थित डेरामा आफ्नै पत्नी २५ वर्षीय मन्दिरा राईलाई निर्घात कुटपिट गरी आइतबार हत्या गरेर फरार भएका थिए ।
आज बिहान पक्राउ परेका उनीमाथि घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






