मिस इन्डिया मानसालाई कोरोना पुष्टि

   ४ पुष २०७८, आईतवार १४:४७  

४ पुस, ‘मिस इन्डिया २०२०’ मानसा वाराणसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

‘मिस वल्र्ड’ मा सहभागी हुन अमेरिकी राज्य पुएर्तो रिकोमा पुगेकी उनलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको हो । ‘मिस वल्र्ड’ प्रतियोगीतामा उनी सहित १७ प्रतियोगीमा कोरोना पुष्टि भएको छ ।

सबैलाई पुएर्तो रिकोमा आइसोलेशनमा राखिएको छ । उनी भारतको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड २०२१’ मा सहभागी भएकी थिइन् ।

प्रतियोगिताका प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि आयोजकले फाइनल स्पर्धा स्थगित गरेको थियो ।