कोरोनाका कारण बैतडीमा एक वृद्धको मृत्यु
४ पुस, रौतहट । बैतडीमा कोरोनाका कारण एक वृद्धको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए ।
शरिरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम रहेको र कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरिरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाइएको छ ।
कोभिसिल्डको दुवैमात्रा लगाएका ती वृद्धाको कमजोर स्वास्थ्य अवस्था,अक्सिजन कम र शरिरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ ।
यससँगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।






