गुल्मीमा भिरबाट लडेर दम्पतीको मृत्यु
३ पुस, रौतहट । भिरबाट लडेर गुल्मीमा दम्पतीको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ सिम्लेका २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको भिरबाट लडेर ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
बाङ्गे माइती जाने क्रममा भीरबाट लडेर दाम्पती घाइते भएका स्थानीयल प्रहरीमा खबर गरेलगत्तै प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा ३ जनाको टोली खटिएका टोली उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो ।
अस्पतालमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पोष्टमार्टमका लागि दुवै मृतकको शव सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।






