एमालेमा सल्लाहकारको जिम्मेवारी रावललाई

   ३ पुष २०७८, शनिबार ११:४२  

३ पुस, रौतहट । नेकपा एमालेको १० औँ राष्ट्रिय महाअधिवेशनमा अध्यक्ष पदमा पराजित भएका निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको सल्लाहकारको जिम्मेवारी पाएका छन् ।

रावललाई केन्द्रीय सल्लाहकार परिषद सदस्यको जिम्मेवारी दिइएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

पार्टीको १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग पराजित भएकापछि उनी पार्टीमा जिम्मेवारविहीन भएका थिए ।