नेपालमा थपिए २७४ कोरोना संक्रमित, ३ जनाको मृत्यु

   २ पुष २०७८, शुक्रबार १६:४०  

२ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार ६ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ, भने १ हजार ३ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा जम्मा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बितेको २४ घण्टामा थप २७० जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ८ हजार ३५३ संक्रमण मुक्त भइसेकका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण ११ हजार ५७० जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २२ रहेको छ ।