चोरिएको स्कुटरसहित एक जना पक्राउ
२ पुस, रौतहट । चोरिएको स्कुटरसहित मोरङबाट एक जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका १२ पटुवारी टोलबाट २९ प ६६०० नम्बरको स्कुटर चोरीमा संलग्न रहेका एक जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने विराटनगर १२ का २२ वर्षीय गणेश कुमार राम रहेको प्रहरीले जनाएको छ ।
गत मंसिर २९ गते (बुधबार) बेलुकी ७:३० बजेतिर सृजना पन्तको स्कुटर चोरिएको थियो । स्कुटर चोरिएको भन्दैँ प्रहरीमा उजुरी परेलगत्तै ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले चोरीमा संलग्न भएका रामलाई स्कुटरसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेको उनीमाथि यसबारे अनुसन्धान भइरहेको र चोरीमा संलग्न भएका अन्य व्यक्तिहरुको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।






