देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड
२ पुस, रौतहट । सभापतिमा निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई आज नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेर शुभकामना दिएका छन् ।
सभापतिमा निर्वाचित भएका देउवालाई भेटेर प्रचण्डले सफल कार्यकालको शुभकामना दिएको स्रोतले जनाएको छ । सभापतिमा निर्वाचित भएलगत्तै प्रचण्डले देउवालाई टेलिफोनमार्फत शुभकामना दिएका थिए ।
फोन मार्फत शुभकामना दिएपनि शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा पुगेर प्रचण्डले प्रधानमन्त्री देउवालाई शुभकामनाका साथै राजदूतहरूको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल गरेका छन् ।






