नक्कली नोट सहित दुई भारतीय पक्राउ

   १ पुष २०७८, बिहीबार १७:००  

१ पुस, रौतहट । रौतहटको परोहा नगरपालिका ८ नरकटियाबाट नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी थाना घोडासहन ग्राम श्रीपुर पंचायत कबैया बस्ने २६ वर्षीय विकाश जयसवाल र ३२ वर्षीय अजय प्रसाद रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदैँ गरेको दुवै जनालाई शंकास्पद अवस्थामा चेक गर्दा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बुधबार दिउँसो १२:४५ बजेतिर ६९ हजार ५ सय नेपाली नोटसहित हिरासतमा लिएको थियो ।

जिल्ला अदालतबाट म्याद थप अनुमती लिई पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।