भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटनाग्रस्त
द नेपाल मिडिया
२२ मंसिर २०७८, बुधबार १५:१३
२२ मंसिर, रौतहट । भारतीय सेनाका प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यहरूका अनुसार हेलिकोप्टर तमिलनाडुको कुन्नुर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो ।
समाचारमा जनाइए अनुसार हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्वार गरी अस्पताल लगिएको छ, तर यो समाचारको औपचारिक पुष्टि भारत सरकारले अहिलेसम्म गरेको छैन ।






